राष्ट्रपति पौडेल आज अछाम आउँदै

Sayalb
फागुन १०, अछाम ।  राष्ट्रपति रामचन्द्र पौडेल आज अछाम आउँदै छन् । नेपालको चार धाम मध्यको एक वैद्यनाथ धाममा आजबाट सुरु हुने कोटि होम महायज्ञको उद्घाटनका लागी राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन् । साँफेबगर नगरपालिका १ मा एक सय ४४ वर्ष पछि हुन लागेको कोटिहोम महायज्ञ शिवरात्रि सम्म चल्ने छ ।
राष्ट्रपति पौडेल आउने भएकोले जिल्लाको शान्ति सुरक्षा कडा परिएको छ । वैद्यनाथ धाममा हरेक ६ वर्षमा लक्ष होम सहितको अर्ध कुम्भ मेला, हरेक १२ वर्षको अन्तरमा महालक्ष्यहोम सहितको महाकुम्भ मेला र एक सय ४४ वर्षको अन्तरमा कोटि होम महायज्ञ सहितको महाकुम्भमेला लाग्ने गर्दछ ।
कोटि होम महायज्ञको लागी पुर्वमन्त्रि शेरबहादुर कुँवरको संयोजकत्वमा अछाम जिल्ला स्थित वर्तमान माननीय सांसद र अन्य सरोकारवाला सहितको आयोजक समिति गठन गरिएको थियो ।
Shaileshwori
Loading...