
अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका वडा नं १ रिसीदहका रहेका छन् । रिसिदहका रंग धामी वर्ष ५५, प्रेम धामी वर्ष ४५ नरव धामी वर्ष ३७, जनक धामी वर्ष १५ र जनक धामी वर्ष २१का रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
घाइते हुनेहरूमा सोही स्थानका घाइते लालबहादुर धामी वर्ष ४२ र हंस धामी वर्ष ४० रहेको छन् ।

षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका वडा नंं. ६ का अध्यक्ष तिलख कठायतले जानकारी दिए । घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।

