नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले साँझपख शपथ लिएका हुन्।

Sayalb

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री भएलगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई सपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए लगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै पक्षलाई मिलाएर सरकार सञ्चालन गर्ने बताएका छन्।

Shaileshwori
Loading...