डोटीमा बस्ती बगेर  मानविय क्षती भयो भने सदनमै बदला लिन्छु : सांसद आले

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले डोटी जिल्लाका आयोजनालाई पटक–पटक ताकेता गर्दा पनि बजेट नपरेको भन्दै गुनासो गरे ।  प्रतिनिधिसभाको आजको बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले ल्याएको बजेटमा विभेद भएको र क्षेत्रगत रुपमा मात्रै केन्द्रित भएको तथा अन्य जिल्लाको विषयलाई बेवास्ता गरिएको उनले आरोप लगाए। विनियोजन विधेयक, २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा उनले बजेटमाथिको विभेदले सन्तुलित विकास हुन नसक्ने बताए ।

उनले भने, “उर्जा तथा जलश्रोतमन्त्री ज्युलाई डोटीमा बाढीले गरेको क्षतीका विषयमा पटक पटक भने बजेटका लागि आग्रह गरे तर बजेट हाल्नु भएन, खबरदार बाढीले बस्ती बगेर गयो मानविय क्षती भयो भने छोड्नेवाला छैन, सदनमै बदला लिन्छु ।”
डोटीको शिखर नगरपालिका बारपाटा र त्यहाँको स्कुल तथा जोरायल गाउँपालिकामा रहेको कर्नासो नदीले त्यहाँको घण्टेश्वर माबीको खेलमैदान पुरै बगाएको र बस्ती समेत जोखिममा परेकोले बजेटका लागि आग्रह गर्दा समेत बजेट नपरेको र उर्जामन्त्रालयको बजेटको किताबमा डोटी भन्ने नामै नभएको उनको आरोप छ ।

उनले भने, “कतिपय सत्तापक्षका माननीय ज्यूहरुकोमा बजेट परेको होला म तपाईहरुलाई अनुरोध गदर्छु, जाजरकोटमा माननीय शक्ति बस्नेतको जिल्लामा बजेट कम परेको छ, तपाईको बजेट कटौती गरेर भएपनि त्यहाँ बजेट दिन म आग्रह गर्दछु ।” यसैगरी उनले भने मन्त्री भन्ने पद एक जिल्लामा मात्रै सिमित हुन नहुने एवं संकुचित भावना राख्न नहुने बताए ।

Sayalb

उनले भने, “तपाई सधै मन्त्री भइराख्नुस्, जाजरकोटमा सधै बजेट लगि राख्नुस् शुभकामना छ, तर मौका पर्यो भने, डोटीको बस्ती डुबान भयो भने, बस्ती बग्यो भने छोड्ने वालाछैन खबरदार, सदनमै बदला लिन्छु ।”

उनले डोटी जिल्लाका आयोजनालाई पटक–पटक ताकेता गर्दा पनि बजेट नपरेको भनी गुनासो समेत गरे । उनले भने, “मन्त्री एउटा जिल्लामा वा पालिकामा मात्रै सीमित हुनु राम्रो होइन । मन्त्री सिंगो देशको प्रतिनिधि हो । संकुचित भावना राखेर बजेट विनियोजन गरिनु हुन्न ।”

यसैगरी उनले डोटीको बुडरमा ट्रमा सेन्टर लगायतका बिभिन्न स्वास्थ्य संस्थाका लागि बजेट विनियोजन गराएकोमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव एवं डोटीका नौँ वटै स्थानीय तहमा समावेसीका आधारमा बजेट विनियोजन गराएको भन्दै शहरी विकास मन्त्री धनबहादुर बुढालाई धन्यवाद सहित खुलेरै प्रशंसा गरे ।

संसदमा बोल्ने क्रममा सांसद आलेले डोटीको बानीडुग्रीसैनमा अहिले सम्म मोटर चल्ने पुल नबनेको बताए । उनले भने, “बानीडुग्रीसैनमा अहिले सम्म मोटर चल्ने पुल बनेको छैन, अहिले पनि बजेट परेको छ । ठेकेदारले काम गर्दैन । उक्त पुलको ठेक्का लिएका ठेकेदार लाई कालोसूचीमा राखेर नयाँ टेण्डर आह्वान गर्नु पर्छ ।”

Shaileshwori
Loading...