महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

साउन ३, काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Sayalb

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले डा. बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका गरेका थिए ।

Shaileshwori
Bolpatra
Loading...