अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Sayalb
साउन ३१, हेटौँडा । मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडाका ३२ वर्षीय सुमन गोलेको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । उनको बिहीबार बिहान मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार घरदेखि १ किमी दक्षिणमा रहेको छिमेकीको बारीमा काम गर्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई आफन्तले उपचारको लागि काठमाडौँको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा लगेकोमा बिहीबार बिहान चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए ।
Shaileshwori
Loading...