
भदौ ५, डोटी । डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडा निवासी ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया श्रीमती नरु साउदको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार बुधवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबिचको विवादमा यस्तो घटना घटेको प्रारम्भिक सूचना मिलको डिएसपी भट्टराईले जानकारी दिए ।
घटनामा संलग्न पदी साउदलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि आफू घटनास्थलमा पुगेको डिएसपी भट्टराई बताएका छन् ।
