
भदौ ७, अछाम । मङ्गलसेन, भदौ ७ गते । पञ्चदेवल विनायक नगरपालिका–५ लयाटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहिवार खेतबाट फर्किने क्रममा भिरबाट लडेर ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।
लडेर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । उनी घर नजिकै रहेको बडरुख भन्ने स्थानमा चिप्लिएर एक सय मिटर तल खसेका थिए ।

