सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु

भदौ ८, डोटी । डोटीमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा मृत्यु भएको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार सर्पको डसाईबाट घाइते भएकी खड्काको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । दिउँसो खेतवारीमा काम गर्ने बेला सर्पले खड्काको खुट्टामा डसको थियो ।

Shaileshwori
Loading...