

भदौ ९, सिलगढी । डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । शनिवार साँझ चट्याङ पर्दा जोरायल गाउँपालिका–६ गुनडमा एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी २० वर्षिया दुर्गा साउँदको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार सोही दिन धनगढीबाट घर आएकी दुर्गा पानी परेपछि घर भित्र जाने बेला चट्याङ पर्दा घाइते भएकी थिइन् । उनलाई हिजो नै उपचारका लागि धनगढी लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
