डोटीमा करणी मुद्दामा ९ वर्ष देखी फरार अभियुक्त पक्राउ

भदौ ३०, डोटी ।  जिल्ला प्रहरी कार्यालय डोटीले ९ वर्ष देखी फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका दिपायल सिलगढी नगरपालिका–७ उडितोलाका ४७ वर्षीय राम बहादुर खड्कालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईका अनुसार वि.स. २०७२ साल साउन ३० गते दोषी ठहर भई ३ वर्ष सजाय तोकिएका खड्का आइतबार उडितोलास्थित सडकमा हिँडिरहेको बेला पक्राउ परेका हुन् । पक्राउ परेका खड्कालाई आइतबार नै जिल्ला अदालत डोटीको जिम्मा लगाइएको डिएसपी भट्टराईले बताए ।

खड्का तत्कालीन समयमा दिपायल सिलगढी नगरपालिकाको गाडी चालक थिए ।

Shaileshwori
Loading...