बोगटान फुड्सिल गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयम सेविकालाई मोबाइल प्रदान 

बोगटान फुड्सिल गाउँपालिकाका महिला स्वास्थ्य स्वयम सेविकालाई मोबाइल प्रदान गरिएको छ । गाउँपालिकामा क्रियाशील रहेका ८२ जना महिला स्वास्थ्य स्वयम सेविकालाई आईटेलको सादा मोबाइल महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष बिष्नादेबी बमले जानकारी दिइन् ।

Sayalb

स्वयम सेवा भावका साथ गाउँमा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएका उपाध्यक्ष बमले बताइन् । बमले भनिन् ‘बिना कुनै सुविधाका साथ उहाँहरूले निरन्तर सेवा गर्नु हुन्छ धेरै गर्न नसकिए पनि उहाँहरूलाई प्रोत्साहनका साथै सञ्चारका लागी सहज होस भन्ने हाम्रो उद्देश्य हो ।’ महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत मोबाइल प्राप्त गरेका महिला स्वास्थ्य स्वयम सेविकाहरूले खुसी व्यक्त गरेका छन् ।

Shaileshwori
Bolpatra
Loading...