सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न 

सुबास नेपाली 
कार्तिक १४, सिलगढी । डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणमा २०८० पुस १७ गतेबाट सञ्चालन भएको सी.सं.७ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ । श्री नं ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरन घलेको आतिथ्यमा सम्पन्न भएको अन्तिम अन्तिम दलेल कवाजमा १०४ जना सैन्य प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
Sayalb
समारोहलाई सम्बोधन गर्दै बाहिनीपति घलेले तालिममा सैन्यहरूबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गरेका थिए । तालिममा सैन्य समूहलाई सम्बोधन गर्दै बाहिनीपति घलेले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै  सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम  कटिबद्ध हुन निर्देशन दिए ।
सिलगढी स्थित टुँडिखेल मैदानमा आयोजित कार्यक्रममा श्री नं ५ बाहिनी अड्डाका बहिनी पति सहायक रथी पुरन घले, श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख तथा सैन्यहरूका आफन्त  लगायतको उपस्थित रहेको थियो ।
Shaileshwori
Loading...