बुहार मष्टो देवताको जात : जहाँ गाज लौरो आफैँ हिँड्छ

लोकेन्द्र कठायत
कात्तिक २७, दिपायल । डोटी जिल्लाको के.आई. सिंह ५ बुहारमा मष्टो देवताको जात सोमबार सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीमा बुहारमा लाग्ने मष्टो देवताको जात कार्तिक २५ गते राति (रतेडी) र २६ गते दिन (दिउसेडी) मेला लाग्यो ।
बुहार मष्टो देवताको जातलाई विशेष रूपमा हेर्ने गरिन्छ । यस जातको मुख्य आकर्षण भनेको देवताको गाज लौरो आफैँ हिँडेको देखिन्छ । जसलाई प्रत्यक्ष रूपमा अनुभव गर्न वरपरका जिल्लाबाट भक्तजनहरूको भिड लाग्ने गर्दछ। यस वर्ष पनि दर्शालु तथा रम्तेलुको बाक्लो भिड थियो ।
Sayalb
बुहार गाउँ दिपायल राजपुर बजारबाट करिब १० किलोमिटर टाढा पक्की सडकले जोडिएको छ । स्थानीय भाषा र परम्पराअनुसार, देवताको माइती पक्ष भनेर मानिने ठाँटा, घोल्तडा, र सिलगढी क्षेत्रका मानिसहरूले नवमीको साँझ चड्डी बडी सहित देवतालाई भेट्न आउँछन् । उनीहरूले यो यात्रा अनिवार्य मान्छन्, किनभने नगए मष्टो देवता दुख मान्ने जनविश्वास रहेको छ ।
मष्टो देवताले मनोकामना पूरा गर्ने विश्वासले श्रद्धालुहरूलाई यो जातमा तान्दछ । प्रचारको कमिले यो जातको विशेषता सीमित रहँदै आए पनि गाज लौरो आफैँ हिँड्ने दृश्य हेर्न र मष्टो देवताको आशीर्वाद पाउन सयौँ भक्तजन यहाँ आउने गरेका छन् ।
यस जातले यहाँको सांस्कृतिक सम्पदालाई बचाउँदै आस्थालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Shaileshwori
Loading...