क्रान्तिकारीहरुको लडाई अझै टुंगिएको छैन : अध्यक्ष दाहाल

मङ्सिर १९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन् । बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान(२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

Sayalb

जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे । उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए। उनले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याएका छन् । देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताए।

Shaileshwori
Loading...