डोटीमा भालुको आक्रमणबाट एक पुरुष घाइते 

मङ्सिर १९, डोटी । डोटीमा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका–६ स्वाडाका ३४ वर्षका भरत साउदलाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको सूचना अनुसार घरदेखि करिब ७ किलोमिटर टाढा सालघारी सामुदायिक वनमा घाँस काट्ने क्रममा साउँदलाई बुधवार दिउँसो करिब २ बजेतिर भालुले आक्रमण गरेको हो । भालुले साउँदको टाउको, बायाँ हात र शरीरका विभिन्न ठाउँमा चिथोरेको प्रहरीले जनाएको छ ।
उनको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिप्रका डोटीले बताएको छ ।
Shaileshwori
Loading...