विद्यार्थीलाई भित्ते पत्रिका लेखन तालिम

 तेज बहादुर ओली 
 मङ्सिर २२, डोटी । बालबालिकामा अन्तर निहित प्रतिभालाई प्रस्फुटन गराइ रचनात्मक बनाउन, साहित्य र बाल पत्रिकामा रुचि जगाउने उद्देश्यका साथ शिखर नगरपालिकामा भित्ते पत्रिका लेखन तालिम दिइएको छ । भित्ते पत्रिका, बाल पत्रिकाको वा सृजनशील लेखनको लागि चाहिने आवश्यक आधारभूत ज्ञान र सिपको विकासमा सहयोग पु¥याउने लक्ष्य सहित डोटीको शिखर नगरपालिकामा वडा नम्बर ४ मा रहेको पन्चोदय आधारभूत विद्यालयमा ४ विद्यालयका २० जना विद्यार्थीलाई दुई दिने प्रारम्भिक भित्ते पत्रिका लेखन तालिम दिएको हो ।
गुड नेवर्श इन्टरनेशनल  नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्राथमिक विद्यालय, आधारभूत विद्यालय र माध्यमिक विद्यालयका २० जना बाल क्लबका सदस्यहरू सहभागी रहेको भित्ते पत्रिका लेखन तालिममा भित्ते पत्रिका के हो ?, भित्ते पत्रिकामा के कस्ता विषय समावेश गरिन्छ ?, भित्ते पत्रिका किन प्रकाशन गर्ने ?, भित्ते पत्रिका प्रकाशनका फाइदा, समाचार भनेको के हो ?, समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्त्व समाचारको प्रकार र समाचार बनोट, भित्ते पत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको छ ।
Sayalb
भित्ते पत्रिका लेखन तालिमले विद्यालय जाने बालबालिकाहरूको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता व्यक्त गर्ने एउटा प्रभावशाली माध्यम बनाउँदै सामान्यतया भित्ते पत्रिका, फ्लिप चार्ट पेपरमा वा सूचना पाटीमा क्लब सदस्य र अन्य विद्यार्थीहरूले आफ्नो लेख, रचनाहरू तयार गरी लाइब्रेरी वा विद्यालयको अनुकूल ठाउँमा टाँस्न सक्ने बनाउने उद्देश्य अनुसार तालिमको आयोजना गरिएको सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत लक्ष्मण देउवाले जानकारी दिए ।
संस्थाले विद्यालयहरूका बिचमा नियमित रूपमा प्रश्नोत्तर राखेर विद्ययार्थीहरु बिचको अन्तर सम्बन्ध बढाउने माध्यमको रूपमा विकास गर्दै भित्ते पत्रिका मार्फत विद्यार्थीहरूले समाचारको रूपमा आफ्नो विद्यालयको गतिविधिहरू, बालबालिकाहरूको अधिकार तथा सवालहरू जस्तै बाल विवाह न्यूनीकरण, बालमैत्री विद्यालय, बाल संरक्षण तथा बाल विकासका विषयहरूलाई नियमित अङ्कको रूपमा लेखेर लेखन प्रतिभालाई बढवा दिन संस्थाले विद्यालय र विद्यार्थी लक्षित कार्य गर्दै आएको कार्यक्रम अधिकृत गीता चौधरीले बताइन् ।
संस्थाले बालबालिकालाई आफ्ना समस्या भन्न सक्ने बनाउन, बालबालिकाको नेतृत्व विकास गर्न, बाल अधिकारको संरक्षण संवर्द्धन गर्न, अभिभावक, शिक्षक लगायतको बालबालिकाप्रतिको व्यवहार राम्रो बनाउन, बालबालिकाको सृजनशीलता बढाउन, सूचित गर्न, शिक्षित बनाउन, अभिप्रेरणा प्रदान गर्न, मनोरञ्जन प्रदान गर्न र निगरानी गर्न समेत भित्ते पत्रिका प्रकाशनमा विद्यार्थीलाई प्रोत्साहित गरिरहेको बताइएको छ ।
Shaileshwori
Loading...