
मङ्सिर २७, डोटी । नेपाल पत्रकार महासङ्घ डोटी शाखाले मुलुक न्युजकर्मी किरण धामी सहित ५ जनालाई सम्मान गरेको छ । बुधवार महासङ्घले शाखाको १४ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको अवसरमा ५ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । मुलुक न्युजका डेस्क सम्पादक धामीलाई क्रियाशील अनलाइन पत्रकारिता पुरस्कार २०८१ ले सम्मान गरिएको हो ।

यस्तै अन्य सम्मानित हुनेमा छापा सञ्चारमाध्यम तर्फ बिम्ब साप्ताहिकका सम्पादक रामहरि ओझा, रेडियो तर्फ रेडियो नेपालमा डोटेली भाषाका समाचार वाचक धिरेन्द्र चटौत, नेपाल टेलिभिजनका डोटी संवाददाता सुवास नेपाली र रेडियो डोटी एफएमकी रेश्मा कुँवर रहेका नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीले जानकारी दिए । सम्मानित हुने सञ्चारकर्मीहरूलाई सम्मान पत्र, दोसल्ला र पाँच हजार रुपैयाँ नगद प्रदान गरिएको शाहीले बताए ।
