स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

मंसिर ३०, नेपालगन्ज । बर्दियामा स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्लाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा गुलारिया–६ का रामकुमार साह र उनकी ६ बर्षिया छोरी बिद्या साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Sayalb

रामकुमार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटी ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटीमा साहसहित ४ जना सवार रहेका थिए । प्रहरीका अनुसार साहका श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन् । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीको भनाइ छ ।

Shaileshwori
Loading...