डोटीमा सडिगलेको अवस्थामा महिलाको शव फेला

पुस २३, डोटी । डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार उक्त जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडिगलेको अवस्थामा मङ्गलवार महिलाको शव फेला परेको हो । शव कङ्कालको रूपमा रहेको र शवको कपडा, कपाल, काटा, चुँडी लगायतका पहिरनले महिलाको शव पहिचान भएको उहाँले बताउनुभयो ।

शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...