सिलगढीका युवाहरूले सुरु गरेको “सफा सिलगढी अभियान” 

माघ १२, सिलगढी । डोटी सिलगढीका युवाहरूले सुरु गरेको सफा सिलगढी अभियान प्रभावकारी बन्दै गएको छ । युवाहरूले हरेक साताको शनिवार सिलगढीका मठ मन्दिर, सार्वजनिक बाटो, धारा तथा सार्वजनिक स्थानहरू सरसफाइ गर्ने गर्दछन् । सुरुमा केही युवाहरूले सुरु गरेको यो अभियान नवौँ हप्तासम्म आई पुग्दा जनसहभागिता बढ्दै गएको छ ।
“हामीले बिदाको दिन साथीभाइहरू एकै स्थानमा भेटघाट गर्ने थलोको रूपमा विकास गर्न अभियान थालेका हौँ, अभियानका नेतृत्वकर्ता हेम मल्लले भने, अहिले अभियान बिस्तार हुँदै जाँदा स्थानीय नागरिक समाज, जनप्रतिनिधिहरू, पत्रकार, प्रहरी, खेलाडी, विद्यालयहरूले पनि अभियानमा समर्थन गर्दै सहभागिता जनाइरहेका छन् ।”
Sayalb
सिलगढीको शैलेश्वरी टोलबाट सुरु भएको सफा सिलगढी अभियानको प्रभाव क्रमशः नगरपालिकाका ९ वटै वडामा पर्न थालेको छ । सिलगढीका युवाहरूले सञ्चालन गरेको सफा सिलगढी अभियानलाई स्थानीयहरूले पनि रुचाएका छन् । मल्लले आफूहरूको उद्देश्य पनि सरसफाइ अभियान नगरपालिकाका सबै वडामा बिस्तार गर्ने रहेको बताए ।
आफ्नो ठाउँ आफै बनाउने हो । हामीले अभियान सञ्चालन गर्नको लागि कसैबाट पनि सहयोग मागेका छैनौँ । आफ्नो घर आँगन सरसफाइ गर्न पनि नगरपालिकालाई पर्खिनु हुन्न भन्ने सन्देश दिने अभियानको उद्देश्य रहेको अभियानका सदस्य राजु नेपाली बताउँछन् । नगरपालिकाले पनि सिलगढीका युवाहरूले सञ्चालन गरेको सफा सिलगढी अभियानलाई समर्थन गर्ने हो भने अभियान सबै वडामा बिस्तार गर्न सहयोग पुग्ने युवाहरू बताउँछन् ।
Shaileshwori
Loading...