सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली

फागुन  ८, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गरेका छन् । कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन ।’

Sayalb

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन आग्रह गरे । ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ उनले भने । विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गर्दै उनले थपे, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे । दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे ।

Shaileshwori
Bolpatra
Loading...