डोटीका दुई पालिकाका ३ सय ४० जनलाई प्राकृतिक खेती प्रणाली तालिम प्रदान 

Sayalb
वैशाख ३०, डोटी । डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका ३ सय ४० किसानहरूलाई प्राकृतिक खेती प्रणाली तालिम दिइएको छ । सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीद्वारा डोटीका ३४० जना किसानहरूलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी  तालिम प्रदान गरिएको हो ।
तालिम पाउनेमा शिखर नगरपालिका वडा नम्बर ३ देखि ७ का २ सय ७६ जना र दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ का ६४ जना रहेका छन् । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिडिएफ नेपाल डोटीले कार्यान्वयन गरिरहेको एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत प्राकृतिक तरकारी खेती गर्दै आइरहेका १७ समूहका किसानहरूलाई तालिम दिइएको हो । किसानहरूलाई प्राकृतिक खेती प्रणालीको परिचय, सिद्धान्त, बिरुवाहरूलाई चाहिने विभिन्न पोषक तत्त्वहरू, सूक्ष्म जीवाणु बनाउने विधि, प्रशोधित बिरुवा फलफूल र चौलानी झोल बनाउने तरिका साथसाथै जैविक जडीबुटी, माछाको प्रशोधित झोल, फस्फोरस र क्याल्सियम बनाउने विधि र तिनको प्रयोग बाली बिरुवामा कसरी गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
प्राकृतिक खेती गर्दै आइरहेका परियोजनाबाट लाभान्वित कृषकहरूलाई पहिलो चरणको तालिम दिइएको सामुदायिक विकास मञ्चका कृषि प्राविधिक तथा कार्यक्रम संयोजक नीरज बोगटीले जानकारी दिए । तालिम लिएका सबै जना किसानलाई केही दिनमै विभिन्न कृषिजन्य सामाग्री र विभिन्न तरकारी बालीका बिउ बिजन प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए ।
Shaileshwori
Loading...