डोटीमा मोटरसाइकल दुर्घटना : दुई जना घाइते, चालकको अवस्था गम्भीर

जेठ २२, सिलगढी । डोटीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । झिग्रानाबाट सिलगढीतर्फ आउँदै गरेको मोटरसाइकल कुण्डासैन भुवा सामुदायिक वनस्थित झिग्राना–सिलगढी भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहिवार साँझ करिब ५:२५ बजे सु.प.प्र ०१००९ प ४४०९ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

Sayalb

दुर्घटनामा परि मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ निवासी वर्ष अन्दाजी ४० का डिल्लीराज भट्ट र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष अन्दाजी २९ का लोकराज ओझा घाइते भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालकको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरी कार्यालय डोटीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अर्का घाइते ओझाको दुबै हात, दायाँ खुट्टा र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। मोडमा ब्रेकले काम नगरेपछि मोटरसाइकल सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनापछि प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) जोगी सिंह साउँदको कमाण्डमा खटिएको ६ जनाको टोलीले घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुर्‍याएको छ । हाल दुवै जनाको उपचार भइरहेको जनाइएको छ।

Shaileshwori
Loading...