बोगटान फुड्सिल गाउँपालिकामा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

जेठ २२, सिलगढी । बोगटान फुड्सिल गाउँपालिकामा दुई दिने नि:शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय तथा श्री कृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधवारबाट सुरु भएको शिविर बिहिवार सम्पन्न भएको हो । शिविरबाट सयौँ बिरामी लाभान्वित भएका छन् ।शिविरमा जम्मा पाँच सय जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिनुका साथै चार सय जना बिरामीलाई आवश्यक औषधि वितरण गरिएको छ । त्यस्तै एक सय २५ जना बिरामीलाई नजिकबाट पढ्न मिल्ने चस्मा निःशुल्क उपलब्ध गराइएको छ ।
शिविरको विशेष आकर्षणको रूपमा मोतीबिन्दु तथा आँखामा मासु पलाउने समस्या भएका बिरामीको सफल शल्यक्रिया गरिएको थियो । वरिष्ठ नेत्र विशेषज्ञ डा. अर्जुन श्रेष्ठको नेतृत्वमा ६३ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
Sayalb
गाउँपालिका अध्यक्ष कमल बहादुर स्वास्थ्य सेवाबाट वञ्चित गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताएका छन् । यस्ता शिविरहरू अत्यन्तै प्रभावकारी हुने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
स्थानीयवासीले यस्ता शिविरमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाएकोमा आयोजक तथा सहकार्य संस्था प्रति आभार व्यक्त गरेका छन् ।
Shaileshwori
Loading...