अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। सोमवार बिहान जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर ४५ वर्षीय वीरे साउँदको मृत्यु भएको हो।

Sayalb

वडा कार्यालय नजिक वडा स्तरीय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा करेन्ट लागेर साउँदको मृत्यु भएको वडा अध्यक्ष संजु थापाले बताए । पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा साउँदलाई करेन्ट लागेको थियो । साउँद मिस्त्री थिए ।

Shaileshwori
Loading...