सिके राउतले दाइ जयकान्तलाई उपाध्यक्ष बनाएपछि जनमतमा विवाद

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनयन गरेपछि पार्टीभित्र विवाद देखिएको छ । गएको निर्वाचनबाट मधेशबाट नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीमा अध्यक्ष राउतको कार्यशैलीलाई लिएर एकपछि अर्को विवाद देखिएको हो ।

राउतले मङ्गलवार दाइ जयकान्त र दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनीत गरेका थिए । नयाँ पार्टीमा पुरानो झैँ गरेर परिवारवाद हाबी भएको भन्दै पार्टीका नेता कार्यकर्ता अध्यक्ष राउतको यो निर्णयबाट रुष्ट सुनिन्छन् । पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनमत पार्टीले राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णयको विरोध गरेका छन् ।

Sayalb

उनले विशेषतः पार्टी अध्यक्षद्वारा आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्तिले संस्थागत राजनीतिलाई गम्भीर रूपले क्षति पुर्‍याएको आरोप लगाएका छन् । अध्यक्ष डा. राउतले पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित कोषाध्यक्ष सुरेन्द्र यादव लगायतलाई कारबाही गरेका थिए । त्यसो त पछिल्लो समयमा अध्यक्ष राउतमाथि पार्टीभित्र आफ्नो विरोध गर्नेहरूमाथि कारबाहीको डन्डा बर्साउने गरेको आरोप छ । अध्यक्ष राउतको यो निर्णय मात्रै‌ नभई कार्यशैलीमाथि नै प्रश्न उठाएर नेताहरूले असन्तुष्टि पोख्ने गरेका छन् ।

जनमतका प्रवक्ता डा. शरद यादवले भने अध्यक्षको दाइ मात्रै नभएर योगदानको आधारमा नै उपाध्यक्षमा पार्टीको मनोनीत गरेको दाबी गरे ।

Shaileshwori
Loading...