
पुस २०, डोटी । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमालेले डोटीबाट उम्मेदवादको नाम सिफारिस गरेको छ ।नेकपा एमाले उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो ।

भट्टको एकल नाम कैलाली ४ बाट पनि सिफारिस भइसकेको छ । एक निर्वाचन क्षेत्र रहेको डोटीबाट प्रदेश सांसद चक्र मल्लको नाम पनि सिफारिस भएको छ । यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित मल्ल अहिले प्रतिनिधि सभाको दौडमा छन् ।
आज भएको बैठकमा भट्ट र मल्लसहित दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम सिफारिस गरिएको डोटी एमाले सचिव पदमराज भट्टले जानकारी दिए ।
