

माघ ६, डोटी । राष्ट्रिय जनमोर्चा पार्टी नेपालका मनोज भट्टले डोटीमा मनोनयन दर्ता गर्नुभएको छ । जनमोर्चाका केन्द्रीय महासचिव भट्टले मुख्य निर्वाचन अधिकृतको कार्यालय डोटी निर्वाचन क्षेत्र नं. १ मा मनोनयन दर्ता गर्नुभएको हो । डोटीमा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
