रास्वपा कैलाली-५ को संयोजक तोकिए डिल्ली भट्ट

माघ ९, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई दिएको छ । लामो समयदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय भट्टलाई शुक्रबार एक समारोहबीच संयोजकको जिम्मेवारी दिइएको हो ।

Sayalb

जिम्मेवारी हस्तान्तरण समारोहमा प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, रास्वपाबाट कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार डा. आनन्द चन्द, नेता हरि रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

भट्टले यसअघि सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सदस्य भएरसमेत काम गरिसकेका छन् । उनी सुदूरपश्चिममा सामाजिक अभियन्ताका रुपमा समेत परिचित छन् ।

Shaileshwori
Loading...