विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम

जेठ २२, डोटी । विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका-५ धिर्कामाण्डौमा आज (शुक्रवार) विद्यालय, बाटोघाटो सरसफाइ तथा वृक्षारोपण गरी दिवस मनाइएको हो ।

`अब वातावरणका लागि´ भन्ने नाराका साथ युनाइटेड मिसन टु नेपाल-मेडिकल एन्ड डेभलपमेन्ट ट्रस्ट सुदूरपश्चिम कलस्टरको  आयोजना तथा दर्जाकोट माध्यमिक विद्यालयको आयोजनामा कार्यक्रम गरिएको हो । बालबालिका उत्थानशील विकास  परियोजना (कर्ड) अन्तर्गत कार्यक्रम गरिएको परियोजनाका सामाजिक परिचालक अनिल कुमार बमले जानकारी दिए ।

Sayalb

बमका अनुसार ५० ओटा बोटबिरुवा रोपिएको छन् । असोक (१० बोटा), कपुर (१० बोटा), कागती (१० बोटा), धुपिसल्ला (५ बोटा), गुलाफ (५ बोटा), नासपती (५ बोटा), निम (४ बोटा) र रुद्राक्ष (१ बोटा) रोपिएका छन् । सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा बालबाटिक क्लबका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी, कर्ड परियोजनाका मेनेजर रामशरण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...