डोटीमा सर्पको टोकाइबाट एकै दिन दुई जना घाइते

भदौ ५, डोटी । डोटीमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन् । जिल्लाका फरक–फरक स्थानमा सर्पको टोकाइबाट दुई जना घाइते भएका हुन् ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटी सूचना अधिकारी डिएसपी रण बहादुर चन्दका अनुसार के.आई.सिंह गाउँपालिका–५ रानागाउँकी ६५ वर्षीया कलावती मल्ल र दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी ३२ वर्षीया पारु साउदलाई सर्पले टोकेको हो ।  मल्ललाई शुक्रवार दिउँसो २:३० बजेको समयमा खेतमा काम गर्ने क्रममा सर्पले बायाँ हातमा टोकेको हो भने साउदलाई दिउँसो ३:३० बजेको समयमा घर नजिकै रहेको कुखुराको खोर सफा गर्ने क्रममा सर्पले दायाँ खुट्टामा टोकेको चन्दले बताए ।

दुवै जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी तथा वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले खेतबारी तथा घर वरपर काम गर्दा सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

Shaileshwori
Bolpatra
Loading...