
१७ कात्तिक, डोटी । अदालतबाट कसुरदार ठहर भइ सजाय ठेकिएका दुइ फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार फक्राउ पर्नेमा कैलाली, धनगढी उपमहानगरपालिका-१३ का २० बर्षीय सलमान खान र बझाङ तलकोट गाउँपालिका -१ का २९ बर्षीय बिजय धमेना रहेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र पाँच हजार रूपैयाँ जरिवाना तोकिएको सलमानलाइ साेमवार उनकै घर ठेगानाबाट प्रहरी पक्राउ गरेकाे हाे ।
यस्तै, जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुरमा एक वर्ष पाँच महिना ६ दिन कैद सजाय र १५ हजार ६ सय क्षतिपुर्ति तोकिएको बिजय पनि साेमवारै पक्राउ परेका हुन् । अभियोग लागेपछि दुवै प्रतिवादी फरार रहेका थिए ।

