डोटीका थप ६ जनामा कोरोना देखियो, संक्रमित १२३८ पुगे

डोटी : डोटीमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहिबार जिल्ला अस्पताल डोटीको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका दुई केस फलोअप सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ३८ पुगेको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ का ७४, ३५ र ५६ वर्षका तिन जना पुरुष, वडा नम्बर ८ का ३८ वर्षका एक पुरुष र वडा नम्वर ९ का ३० र ३२ वर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

Sayalb

आज कोरोना देखिएका दुई जना जिल्ला अस्पताल डोटीको आईसोलेसनमा, एक जना होम आईसोलेसनमा र तिन जना सम्बन्धित पालिकाले तयार पारेको आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या एक सय ३१ रहेको छ ।

Shaileshwori
Loading...