थलारा गाउँपालिकाका बिद्यालयमा कक्षा ११ को परिक्षा कार्तिक २४ बाट हुने

Sayalb

शिवजी मण्डेल
कार्तिक १९, बझाङ
बझाङ जिल्लाको थलारा गाउपालिकाले कक्षा ११ को परिक्षा कार्तिक २४ गतेबाट हुने निर्णय गरेको छ ।
मंगलबार बसेको थलारा गाउपालिकाको १० +२ प्र.अको बैठकले कार्तिक २४ गतेबाट गर्ने निर्णय गरेको शिक्षा अधिकृत केशव भट्टले जानकारी दिनु भएको छ ।
अधिकृत भट्टका अनुसार परिक्षा संचालनका लागि गाउपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष भुवनेश्वर उपाध्यायको अध्यक्षतामा ५ सदस्यीय परिक्षा संचालन समिति समेत गठन गरिएको छ ।
त्यस्तै परिक्षाका लागि प्रश्न पत्र बनाउन बिषयगत शिक्षक सम्मिलित प्रश्न पत्र निर्माण समिति समेत गठन गरिएको हो । बैठकको निर्णय अनुसार कात्र्तिक २४ गते अंग्रेजी, २५ गते नेपाली, २६ गते शिक्षाको परिचय तथा शैक्षणिक विधि, २७ गते ऐच्छिक नेपाली र २८ गते स्वास्थ्य तथा जनसंख्याको परिक्षा हुने बताइएको छ,।

Shaileshwori
Loading...