मंगलवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ४२ जनामा कोरोना पुष्टि

कैलाली : मंगलवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ७७ जनाको कोरोना जाँच गरीएकोमा ४२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए

कोरोना पुष्टि भएका ३१ जना पुरुष र ११ महिला हुन् ।

आज कैलाली जिल्लाका २४ जना, कञ्चनपुर जिल्लाका १७ जना र बाजुराका एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ७ जना, धनगढी उपमहानगरपालिकाका ४ जना, गोदावरी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगारपालिकाका २ जना, टिकापुर नगरपालिका र गौरीगंगा गाउँपालिकाका १/१ जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका १४ जना, महाकाली नगरपालिका र कृष्णपुर नगरपलिका र लालझाडी गाउँपालिकाका १/१ जना र बाजुराको बुढीनन्दा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...