घरेलुु तथा साना उद्योग राजपुर द्वारा कैदी बन्दीलाई हाउस वाईरिङ तालिम

डोटी: घरेलुु तथा साना उद्योग राजपुरले जिल्ला कारागार डोटीमा रहेको कैदी बन्दिलाई हाउस वायरिङ तालिम दिएको हो।
बिभिन्न अपराध गरि जेल जिवन भोग्दै गरेका एक दर्जन बढि कैदि बन्दिलाई दुई महिना सम्म उक्त तालिम दिईएको हो ।

करिब दुई महिना सम्म चलेको तालिम आज कारागारमा एक औपचारिक कार्यक्रम गरी जेल जिवन बिताई केहि महिनामै घर फर्कने कैदी बन्दीलाई प्रमाण पत्र सहित तालिमको समापन गरीएको जिल्ला कारागार प्रमुख लाल बहादुर बोगटिले बताउनु भयो।

जेल जिवन भाग्दै गरेका एक ब्याक्तिले भने “हाउस वाईरिङ सिप सिक्न पाउदा खुसि लागेको छ , सिपलाई जुनसुकै ठाउँमा उपयोग गर्न सक्ने भएकाले जेल मुक्त भए पछि यो सिप बाट पनि जिविको पार्जन गर्न सक्छु ।”

Sayalb

 

 

 

 

उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका बिशिस्ट अतिथि भिम प्रसाद भट्टराईले सिप सिकि सकेपछि रोजगारी सिर्जना आफै हुने भएकोले सिप सिकेको ब्यक्ति भनेको मास्टर डिग्री पास गरेको भन्दा पनी दक्ष भएकोले जेल जिवनबाट गई सकेपछि सिपलाई प्रयोगमा ल्याउन आग्रह गर्नु भएको हो । जिल्ला प्रसाशन बाट हुने तथा गर्न सकिने जुनसुकै सहयोगको लागि आफु पछि नहट्ने समेत भट्टराईले बताउनु भयो ।

त्यस्तै कार्यक्रम बोल्दै दिपायल सिलगढी नगरपालिकाकी मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रहनु भएका उहाले सिप भएको मान्छेले कहिल्यै पनी भोको रहनुपर्ने नभएकोले अनुशासित ढंगले जेल जिवनमा सिप युक्त काम सिकेर जेल पछिको जिवन राम्रो एवं फलदायी बनाउन कैदी बन्दिलाई सुझाउनु भएको हो ।

 

Shaileshwori
Bolpatra
Loading...