जनमोर्चाको महासचिबमा मनोज भट्ट

Sayalb

डोटी : राष्ट्रिय जनमोर्चाको महासचिबमा मनोज भट्ट चयन हुनु भएको छ । डोटीको केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी भट्ट डोटीबाट कम्युनिष्ट पार्टीको शिर्ष स्थानमा पुग्ने पहिलो ब्यक्ती हुन ।
बुटबलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले चित्र बहादुर केसी अध्यक्ष र महासचिब भट्टको नेतृत्वमा ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
यस्तै राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा हिमलाल पुरी र कोषाध्यक्ष्मा मधु क्षेत्री निर्वाचित भएका छन् ।
सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल,लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी,कल्याणी श्रेष्ठ, रत्न विक्रम प्यासी राना,तारा थापा,नन्दराज भट्ट,डम्बर पुरी,लालबहादुर जाग्री,सौमकुमार कार्की,राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने,झविलाल थापा,पियारी थापा,ईन्दिरा ज्ञवाली ,यमलाल पोखरेल रहेका छन् ।
यस्तै मञ्जु परियार,लक्ष्मी केसी,सुधा शर्मा,देवी शर्मा,लिलादेबी शर्मा,दिलबहादुर दर्जी,चन्द्रा परियार, भागिरथ भट्टराई,दिपक पाण्डे ,पदमा पण्डित, नारायण जिसी,रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा,गौरीश्वर पाण्डे,धर्मान्द सुवेदी,चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ,अमृत पाण्डे, गणेश आचार्य,कमलविक्रम शाही,उदय नारायण चौधरी, सुवणर् विक्रम थापा विजयी भएका हुन् ।

Shaileshwori
Loading...