स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा छ : सामाजिक विकास मन्त्री सुवेदी

प्रदेश सरकार ढल्दैन, जरो गहिरो छ

किरण धामी, डोटी

सुदुर पश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिरहेको सुदुर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले बताउनु भएको छ । मन्त्री सुवेदीले डोटी जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा उक्त कुरा बाउनु भएको हो । गत आार्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा ३ अर्व ३५ करोड रुपैयाँ खर्च गरेको उहाँले बताउनु भयो । “बालबालिकाहरुलाइ समयमै खोप दिन नसके बालबालिकाहरु स्वास्थ्यमा मात्र नभई शिक्षाको क्षेत्रमा पनि कमजोर हुन्छन्, मन्त्री सुवेदीले भन्नू भयो, समयमै खोप पाएमा बालबालिकाहरु निरोगी हुने हुनाले उनिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ ।”

प्रदेशका सबै महिला स्वयंमसेविकालाई पहिलेको वर्ष प्रत्येकको बैंक खातामा १०/१० हजार हालिएको र अहिलेको वर्ष परिवारको ५ सदस्य सहित स्वास्थ्य बिमा गरिएको पनि मन्त्री सुवेदीले बताउनु भयो । फरक प्रसंगमा मन्त्री सुवेदीले प्रदेश सरकार नढल्ने बताउनु भयो । सुदुर पश्चिम प्रदेश सरकारको जरो गहिरो रुपमा गाडिएको हुनाले प्रदेश सरकार ढल्दैन र मातहतका सबै कर्मचारीहरुलाई ढुक्क भएर आफ्नो काममा लाग्न उहाले आग्रह गर्नुभयो ।

Sayalb

त्यस्तै सोही कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले एउटा व्यक्ति पनि खोप लगाउन छुट्यो भने देशलाई नै अफ्ट्यारो पर्ने भएकाले सबैलाई खोप दिईन जरुरी रहेको बताउनु भयो । पहिलेको समयमा विभिन्न रोगका कारण घर नै छोडेर जानू पर्ने अवस्था बारेमा बताउदै अहिले भने त्यस्तो अवस्था नरहेको उहाँले बताउनु भयो।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तथा जिल्ला पुर्णखोप समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले डोटी जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा डोटीका सबै स्थानिय तहका जनप्रतिनीधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।

Shaileshwori
Loading...