डोटी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपालको पहिलो जिल्ला

डोटी : जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । स्थानिय स्थायित्व र सहभागीता, पुर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता भन्ने मुल ध्ययका साथ शुक्रवार डोटी जिल्लालाई नेपालकै पहिलो जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको प्रमुख आथित्यतता र जिल्ला समन्वय समिति तथा जिल्ला पुर्णखोप समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरको अध्यक्षततामा घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अथितिमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी रहनु भएको थियो ।

Sayalb

जिल्लाका सबै वडा र नौ ओटै स्थानिय तहले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसके पछि जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

जन्मे देखि १५ महिना सम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निशुल्क दिईने सबै खोप लगाएकोले डोटी जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव सिंह ठगुन्नाले बताउनु भयो । कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य चौकीलाई प्रसंसा पत्र दिईएको थियो । त्यस्तै स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई पनि प्रसंशा पत्र दिई सम्मान गरिएको थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका उपप्रमुख, जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयम् सेविका, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Shaileshwori
Bolpatra
Loading...