सामुदायिक रेडियो बडिकेदारको समउदघाटन समारोह सम्पन्न ।

एकेन्द्र चन्द /डोटी- सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्ज खड्यौली डोटीको समउदघाटन समारोह सम्पन्न भएको छ ।
संचार बिकास नेपाल डोटी द्रारा संचालित सामुदायिक रेडियो बडिकेदारले करिब तीन महिनाको परिक्षण प्रसारण पछि आज औपचारिक रूपमा उदघाटन समारोह गरिएको हो । उदघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बडिकेदार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्दले संचार भनेको मानिसको मस्तिक भएको र बडिकेदार गाउँपालिका सञ्चार क्षेत्र बाट बन्चित रहेको अबस्थामा गाउँपालिकाले रेडियो संचालनमा ल्यायर यस क्षेत्रका स्थानीयले सत्य तथ्य सूचना सहजरुपमा पाउने अध्यक्ष चन्दले बताए ।
त्यस्तै बिशिस्ट अथितिको आसन बाट बोल्दै बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले गाउँपालिका भित्र रहेका नागरिकहरुले रेडियो स्थापना पछि सहज रुपमा सूचना पाउने र गाउँपालिकाले गरेका राम्राकाम हरुको पनि रेडियोमार्फत प्रशारण गरिनु पर्ने र बिसगतिहरुका बिरुद्ध पनि रेडियोले आवाज उठाउनु पर्ने बताए।
त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथिको आसन बाट बोल्दै बडिकेदार गाउँपालिका वडा न ५ का वडा अध्यक्ष बुद्धि सागर बिनाडिले संचार बिना समाज अगाडि बढ्न नसक्ने र त्यो कल्पना पनी गर्न नसकिने भएकोले आफुहरुले गाउँपालिकामै रेडियो स्थापना गरेको बताए स्थापना गरिसके पछि कर्मचारी पाल्न पनि बिकट ठाउँमा स्थापना भएको रेडियो भएकोले धेरै चुनौती रहेका र ती चुनौतीको सामना गर्न सबै कर्मचारी, व्यापारी,बिधालय सबैले सहयोग गर्नु पर्ने अध्यक्ष बिनाडिले बताए ।

उक्त कार्यक्रममा सभापति को आसन बाट बोल्दै सामुदायिक रेडियो बडिकेदारका का स्टेसन म्यानेजर चक्र मल्लले रेडियो स्थापना देखि आज सम्म धेरै चुनौती झेल्दै रेडियो स्थापना गर्न सफल भएको मा बडिकेदार गाउपालिकाका जनप्रतिनिधिहरु कर्मचारीलाई धन्यवाद समेत दिनुभएको थियो र आगामि दिनमा रेडियो बाट जनचेतना मुलक कार्यक्रम लगायत समाजमा रहेका बिकृती र बिसगतिहरुलाइ रेडियो बाट उजागर गर्ने समेत स्टेसन म्यानेजर चक्र मल्लले बताए ।
त्यस्तै विशिष्ट अत्तिथिको आसनबाट बोल्दै बडिकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपक राज जोशीले बडिकेदार गाउँपालिकाले रेडियो स्थापना गरेर उत्कृष्टकाम गरेको बताए उहाले रेडियो स्थापनाको प्रसंशा नेपाल सरकारका मन्त्रालय बाट समेत भएको भन्दै रेडियो स्थापनामा सहयोग गर्न सम्पुर्णमा धन्यवाद दिनुभएको थियो ।
उक्त कार्यक्रमको संचालन सामुदायिक रेडियो बडिकेदारका कार्यक्रम संयोजक नवीन जेठारा महासागरले गर्नु भएको थियो भने कार्यक्रमा सामुदायिक रेडियो बडिकेदारका सम्पुर्ण कर्मचारी, बडिकेदार गाउँपालिकाका जनप्रतिनिधि, अभिभावक,शिक्षक, विद्यार्थी, बिज्ञापन दाता लगायतको सहभागीता रहेको थियो ।
