जिल्ला प्रशासन कार्यालय डोटी द्धारा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह

तेजु ओली/डोटी:
कोरना भाइरसको जोखिम बढन सुरु भए पछि जिल्ला प्रशासन कार्यालय डोटी ले सार्वजनिक सुचना जारी गर्दै स्वास्थ्य सुरक्षा का मापदण्ड पालना गर्नु पर्ने आग्रह गरेको छ ।

आज सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी द्वारा हस्ताक्षर जारी सुचनामा कोराना भाइरस को बढदो जोखीम लाइ कम गर्न बिभिन्न निकायले पालना गर्नु पर्ने मापदण्ड सहित सुचना प्रकाशित गरिएको हो।
राति ८ बजे देखि होटेल रेष्टुरेन्ट बन्द गर्नु पर्ने, सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, मास्केको प्रयोग नगरी सार्वजनिक स्थानमा जानेलाई १० रुपैया जरिवाना तिराई मास्क प्रयोग गर्न पठाउने, सभा, गोष्ठी, तालिमहरु गर्नै पर्ने भए स्वास्थ्य मापदण्ड अपनाई २५ जना भन्दा कम व्यक्तिको उपश्थितिमा गर्नेु पर्ने लगायत का निर्णय गरेको छ ।
जिल्ला कोभिड १९ संकट ब्याबस्थापन केन्द्र को बसेको बैठकले जोखिम न्यूनीकरण तथा उपचारको लागि उक्त निएम हरु पालना गर्नु पर्ने उक्त निलमको अबगे गरेलाइ कार्बाही गरिने जनाएको छ।
