मूख्यमन्त्री भट्टकी आमाको दाहसंस्कार : माओवादी अध्यक्ष प्रचण्डद्धारा शोक ब्यक्त


सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टकी आमाको निधन प्रति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शोक ब्यक्त गरेका छन् । मूख्यमन्त्री भट्टलाई फोन मार्फत अध्यक्ष प्रचण्डले आमाको निधन भएको खबरले आफुलाई दुखी बनाएको बताएका हुन ।
बिहिबार साँझ निधन भएकी मूख्यमन्त्री भट्टकी ८४ बर्षिय आमा शारदादेबी भट्टको शुक्रबार सेती नदीमा दाहसंस्कार गरिएको हो । अन्त्यष्टी कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मन्त्री बिनीता चौधरी, प्रदेश सभा सदस्य बिरमान चाैधरी माओवादी नेताहरु खगराज भट्ट, लक्ष्मणदत्त जोशी, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाएका प्रमुखहरुले अत्यष्टी स्थलमै पुगेर समबेदना ब्यक्त गरेका हुन ।
दुःखको यस घडीमा समबेदना ब्यक्त गर्ने सबै प्रति मूख्यमन्त्री भट्टले धन्यबाद ब्यक्त गर्नु भएको छ ।
