वन मन्त्री आलेद्धारा डोटीमा ३८ लाख बराबरका स्वास्थ्य सामाग्री वितरण

तेजु ओली/डोटी: वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले गृह जिल्ला डोटीलाई अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराएका छन् । मन्त्री आलेमगरले व्यक्तिगत रुपमा सोमवार रु ३८ लाख बराबरको सामाग्री उपलब्ध गाराएका हुन् । .

 

 

Sayalb

जिल्ला अस्पताल डोटीलाई ३० ओटा अक्सिजन सिलिण्डर, १० लिटर स्यानिटाईजर, १२ ओटा एच डि यु बेड, ३० हजार सर्जीकल माक्स र एन्टिजेन किट वितरण गरिएको छ । त्यस्तै जिल्लाका प्रत्यक नौ स्थानिय तहलाई पाँच÷पाँच ओटा अक्सिजन सिलिण्डर, दुई÷दुई ओटा एच डि यु बेड, र पाँच/पाँच हजार सर्जिकल माक्स र जिल्लाका प्रत्यक वडालाई एक हजारका दरले ६५ हजार माक्स वितरण गरिएको हो ।


कोरोना नियन्त्रमा सरकार लागिपरिहेको बताउदै आफुले पनि सकेजति व्यक्तिगत रुपमा जनताको पक्षमा काम गरिहेको मन्त्रि आलेले बताए ।


साथै मन्त्रि आलेले संघिय सरकारबाट अक्सिजन पालान्टको लागि विनियोजित डेढ करोड रकमको सहि सदुपयोग गर्न र छिटो कार्यलाई अघाडी बढाउन जिल्ला अस्पताल डोटी प्रशासनलाई निर्देशन दिए ।

 

Shaileshwori
Loading...