सायल गाउँपालिका आरभिडब्लुआरएमपी डोटीले गर्यो सरसफाइ सप्ताह कार्यक्रम

प्रेम नेपाली
जेठ २८, डोटी
सायल गाउँपालिका आरभिडब्लुआरएमपी डोटीले विभिन्न कार्यक्रमका बिच रास्ट्रीय सरसफाइ सप्ताह सम्पन्न गरेको छ। प्रत्येक वर्ष जेष्ठ २२ देखी २८ गते अर्थात एक सातासम्म मनाउने गरेको सप्ताह यस वर्ष पनि २२ औ रास्ट्रीय सरसफाइ सप्ताहको अवसरमा आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गरि सम्पन्न गरेको सायल गाउँपालिका आरभिडब्लुआरएमपीका जलश्रोत अधिकृत गणेशप्रसाद उपाध्यायले जानकारी दिए ।


शुक्रवार सायल गाउँपालिका आरभिडब्लुआरएमपी डोटीको सहयोगमा २२ औ रास्ट्रीय सरसफाइ सप्ताहको अवसर पारी पुर्ण सरसफाइ उन्मुख कोटेली, सिमखेत र हलौणे खानेपानी योजनाका लावान्बित टोलहरुमा पुर्ण सरसफाइका सुचकहरुबारे छलफल गरि सर्जिकल मास्क र हातधुने साबुन सहित वितरण गरिएको अधिकृत उपाध्यायले बताए । सोही अवसरमा डौड स्वास्थ्य चौकीमा रहेको कोभिड आइसोलेसन सेन्टरमा पनि कोभिड १९ को महामारी बाट बच्ने उपायहरु सहितको छलफल कार्यक्रम गरि हातधुने साबुन वितरण गरिएको छ ।

