श्रिमती र छोरीलाई आगो लगाई फरार भएका डोटीका एक जना पक्राउ

डोटी : प्रज्वलनशिल पदार्थ छर्केर श्रिमति र छोरीलाई आगो लगाइ फरार भएका प्रतिवादी पक्राउ परेका छन् । जेठ १२ गते राति जिल्लाको आदर्श गाउँपालिका–४ रोडिगाउँ बस्ने लक्ष्मि भाट र निजकी छोरीलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाई फरार भएका सन्तोष भाट १९ दिनपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलिले कैलाली जिल्लाको त्रिनगर भन्सार नाकाबाट प्रतिवादी भाटलाई जेठ ३१ गते पक्राउ गरिएको हो ।

ज्यान मार्ने उद्योग मुद्धाका प्रतिवादी भाटलाई थप अनुसन्धानको लागि जिल्ला अदालत डोटीले मंगलवार थप अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्न आदेश दिएको र अनुसन्धान जारी राखिएको सुचना अधिकारी मल्लले बताए । उक्त घटनामा परि घाईते भएकी लक्ष्मिको काठमाडौँ स्थिति किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

