सिलगढीमा हप्ता दिन सम्म खानेपानी नआउदा उपभोक्ता लाई सास्ती

डोटी- जिल्ला सदरमुकाम सिलगढीमा हप्ता दिन सम्म खानेपानी नआउदा उपोभोक्ताहरुले सास्ती खेप्नु परेको छ । गत सुक्रबार बाट पानी नआएपछी स्थानीय बासिको बिहानै सबैरै उठेर पानि भर्न जानु पर्ने दैनिकी नै बनेको छ । सिलगढीमा रहेको मालिका मन्दिर नजिकै रहेको धारामा पानि थाप्न आएका स्थानीय राम धामिले दुखेसो पोख्दै भने “एकदिन पानी नआउदा हाहाकार हुने सिलगढीमा हप्ता दिन सम्म बित्दा पनि पानि आएको छैन, बिहानै उठेर पानी बोक्न जानु पर्छ त्यहा पनि घण्टौ कुरेपछी मात्रै पालो आउदा दैनिक पानी जोह गर्न समस्या भएको छ ।“

उनि मात्रै होईन सिलगढीमा रहेका हरेक सार्बजनिक धारामा पालो कुर्दै बसेका दर्जनौं मानिसको भिड हुन्छ । अहिले यहाँका बासिन्दालाई पानी नपाईलाकी भन्ने चिन्ताले पिरोलि रहेको छ । साँझ बिहान खान पकाउन समेत पानि नभए पछी उहाँका स्थानीयहरुको प्रत्येक धारामा भिड हुने गरेको हो।

Sayalb

बर्षाले सडक बाट माटो बगेर आउदा ठाउँ ठाउमा पाईप टुटफुट हुन गई पानी अबरुद्ध भएको सिलगढी खानेपानी प्रमुख राम धामीले बताउनु भयो । अहिले उक्त ठाउँमा खानेपानीका कर्मचारी गई मर्मत गरेरे हप्ता दिनको प्रयास पछि पानी ट्याङ्कीमा झरेको र भोलिबाट पुनः पानी बितरण हुने धामीले बताए ।

बर्षा सुरु भए देखि धारमा कहिल्यै धमिलो पानी आउने कहिले पानि नै नआउने समस्या एक महिना अघि हुदै आएको स्थानीय बासिले बताएका छन्।

Shaileshwori
Loading...