कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ : कक्षा १२ को परीक्षा स्थगित भएको छ । यहि साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको परिक्षा शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

Sayalb

बढ्दो कोरोना संक्रमणको जोखिमका कारण परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

अब परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको बताईएको छ ।

Shaileshwori
Loading...