नेपाली कांग्रेस डोटीको जिल्ला सदस्यमा बिक्रम साउँदको उम्मेवारी घोषणा

नेपाली काँग्रेस डोटीका चौधौँ जिल्ला अधिवेशनमा विक्रमबहादुर साउँदले जिल्ला समिति सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहेका साउँदले जिल्ला सदस्यका लागी आफ्नो उम्मेदवारी रहेकोले सहयोग गर्न सबै प्रतिनिधिसँग अपिल गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।
त्रिवेणी मिडिया नेटवर्क डोटीका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घ डोटीका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रही सकेका साउँद नेपाली काँग्रेसमा लामो समय देखी सक्रिय हुन । सुदृढ र व्यवस्थित काँग्रेस बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको साउँलले बताए । साउँदले भने ‘ लामो समय म काँग्रेसमा सक्रिय रहेर काम गरेको छु , यस पटक काम गर्ने इच्छाशक्ति सहित उम्मेदवारी दिएको छु, सबै प्रतिनिधीहरुलाई सहयोगका लागी अपिल गर्दछु ।’

मङ्सिर ५ गते हुन लागेको जिल्ला अधिवेशनमा नेपाली काँग्रेसका नेताहरूले विभिन्न पदहरूमा उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ ।
