नेकपा एस को के.आई.सिंह गाउँपालिकाको अधिबेशन सम्पन्न

डोटी-नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (एस) को के.आई.सिंह गाउँपालिकाको अधिबेशन सम्पन्न भएको छ ।

आज भएको अधिबेशन बाट के आई सिंह गाउँपालिका एकिकृत समाजवादी पुष्प राज जोशीको अध्यक्षतामा ७९ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन गरेको नेपाल कम्युनिष्ट पार्र्टी (एस) डोटीले जनाएको ।

Sayalb

त्यस्तै पालिकामा आजै मिन बहादर धामीको अध्यक्षतामा २५ सदस्यि युवा संघ नेपाल गठन गरिएको छ। सात ओटै वडा कमिटीमा नेपाली काँग्रेस , राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन बढी कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेपाल कम्युनिष्ट पार्र्टी (एस) युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य डोटी जिल्ला सह इन्चार्ज रुपेन्द्र धामीे जनाएको ।

त्यस्तै सात ओटै वडाका वडा कमिटी अध्यक्ष चयन गरएिको छ । वडा नम्बर १ कमिटी वडाको चक्र महारा को अध्यक्षतामा १९ सदस्यीय,२नम्बर वडाको राम वि क को अध्यक्षतामा १५ सदस्यीय,३ नम्बर वडाको सुर्य नेपालिको अध्यक्षतामा १५ सदस्यीय,४ नम्बर वडाको सिद्द भुलको अध्यक्षतामा १७ सदस्यीय,५नम्बर वडाको गोकर्ण रावलको अध्यक्षतामा २१ सदस्यीय,६ नम्बर वडाको पदम तिरुवाको अध्यक्षतामा ११सदस्यीय र ७ नम्बर वडाको नन्द बेलायरको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरएिको छ ।

कार्यक्रममा प्रमुख अतिथि डोटी जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, केन्द्रीय सदस्य डोटी जिल्ला सह इन्चार्ज र युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य डोटी जिल्ला सह इन्चार्ज रुपेन्द्र धामी,नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) डोटीका जिल्ला अध्यक्ष एवं पूर्वी चौकी गाउँपालिका का अध्यक्ष दिर्घ बोगटी, लगायत नेकपा एस प्रती आस्थावान नेता तथा कार्यकर्ताको उल्लेखनिय उपस्थीत रहेको थियो ।

Shaileshwori
Bolpatra
Loading...